नियम २४
नियन्त्रकले जाँचुबझ गर्ने
(१) प्रमाणीकरण गर्ने निकाय वा अन्य सम्बन्धित व्यक्तिबाट ऐन वा नियमावलीको पालना नभएको सम्बन्धमा नियन्त्रक विश्वस्त भएमा नियन्त्रक आफैले वा अन्य कुनै अधिकृत कर्मचारीबाट तत् सम्बन्धमा आवश्यक जाँचबुझ गर्न गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा गराउँदा नियन्त्रक वा निजले तोकेको अधिकृत कर्मचारीले देहायको कार्यविधि अपनाउनु पर्नेछ :-–
(क) सम्बन्धित प्रमाणीकरण गर्ने निकाय वा अन्य सम्बन्धित व्यक्तिलाई आफु समक्ष उपस्थित गराई सोधपुछ गर्ने,
(ख) कुनै खास विषयमा छानविन गर्नु पर्ने देखिएमा नियन्त्रक वा निजले तोकेको अधिकृत कर्मचारीको संयोजकत्वमा सम्बन्धित
विषयका विज्ञ समेत समावेश गरी छानविन समिति गठन गरी छानविनको कारबाही अघि बढाउने,
(ग) खण्ड (ख) बमोजिमको छानविनबाट प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र निलम्बन वा रद्द गर्नु पर्ने भए सो गर्ने,
(घ) प्रमाणीकरण गर्ने निकाय वा अन्य सम्बन्धित व्यक्तिबाट ऐन वा यस नियमावलीको पालना नभएको कारणबाट कसैलाई हुन
गएको हानी नोक्सानीको मनासिव क्षतिपूर्ति भराई दिने ।